पत्रकार किशोर श्रेष्ठलाई सोमबार सर्वोच्च अदालत उपस्थित गराउन आदेश
हार्ट एफ एम 87.6 मेघाहर्ज धरान
पत्रकार किशोर श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन सर्वोच्चले आदेश दिएको छ । बन्दी प्रत्यक्षीकरणको रिटमा न्यायाधीश बालकृष्ण ढकालको इजलासले बरामद सामग्रीसहित उपस्थित गराउन आदेश दिएको हो ।
उनको पक्राउविरुद्ध श्रीमती सरस्वतीले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । शुक्रबार पत्रकार श्रेष्ठको पक्षबाट वरिष्ठ अधिवक्ताहरू टीकाराम भट्टराई र रमेश बडालले बहस गरेका थिए । वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ विपरीतको कसुर गरेको आरोपमा श्रेष्ठलाई प्रहरीले बुधबार राति निजी निवासबाट नै पक्राउ गरेको थियो । साथै भोलिपल्ट जनआस्था साप्ताहिकको कार्यालय र श्रेष्ठको निवास खानतलासी गरी कम्प्युटर, ल्यापटप, मोबाइल लगायतका विद्युतीय सामग्री समेत प्रहरीले जफत गरेको छ । उनीमाथि अनुसन्धान गर्न अदालतले विहीबार तीन दिनको म्याद दिएको थियो । विश्व प्रेस काउन्सिलका वरिष्ठ उपाध्यक्षसमेत रहेका श्रेष्ठ प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष एवम् नेपाल पत्रकार महासंघका पूर्व महासचिव हुन् । उनलाई पक्राउ गरेको र जनआस्थाको कार्यालयमा खानतलासी गरेकोमा नेपाल पत्रकार महासंघ, नेपाल मिडिया सोसाइटी, विश्व प्रेस काउन्सिल, विभिन्न राजनीतिक दलहरुले विरोध गर्दै निःशर्त रिहा गर्न माग गर्दै आएका छन् ।
भर्खरै रिहा भएका दुई भूटानी राजनीतिक बन्दीलाई आर्थिक सहयोग हस्तान्तरण
हार्ट एफ एम 87.6 मेघाहर्ज धरान भूटानमा राजनीतिक बन्दीहरूको रिहाइका लागि विश्वव्यापी अभियान (जीसीआरपीपीबी) को कोष सङ्कलन अभियानमार्फत
धरानकाे १९ औ नगरसभाद्वारा २०८३/०८४ को लागि २ अर्ब ७६ करोडको बजेट पारित
हार्ट एफ एम 87.6 मेघाहर्ज धरान धरान उपमहानगरपालिकाको १९ औ नगरसभाद्वारा २ अर्ब ७६ करोड १९ लाख २७ हजार रुपैयाँको बजेट पारित गरेको छ । कानुनतह असार १०
धरान नगरपालिकाका प्रशासकीय अधिकृतसहित नौ जनाविरुद्ध ३६ लाखको भ्रष्टाचार मुद्दा
हार्ट एफ एम 87.6 मेघाहर्ज धरान सुनसरीको धरान-१४, स्थित नरसिंह भगवान् मन्दिरको सार्वजनिक जग्गा गैरकानूनी रूपमा व्यक्तिको नाममा दर्ता गरी
प्रतिकृया दिनुहोस