भर्खरै रिहा भएका दुई भूटानी राजनीतिक बन्दीलाई आर्थिक सहयोग हस्तान्तरण
हार्ट एफ एम 87.6 मेघाहर्ज धरान
भूटानमा राजनीतिक बन्दीहरूको रिहाइका लागि विश्वव्यापी अभियान (जीसीआरपीपीबी) को कोष सङ्कलन अभियानमार्फत सङ्कलित आर्थिक सहायता भर्खरै रिहा भएका पूर्व भूटानी राजनीतिक बन्दीहरू चतुरमान तामाङ र हस्तबहादुर राईलाई पूर्वी नेपालस्थित बेलडाँगी शरणार्थी शिविरमा आयोजित एक समारोहका बीच हस्तान्तरण गरिएको छ । यहि जुलाई २०२६ मा सञ्चालित कोष सङ्कलन अभियानमा ३३ जना दाताहरूबाट १,४९२ युरो सङ्कलन भएको थियो । गोफन्डमी शुल्क ५१.८० युरो र ट्रान्सफर शुल्क २० युरो कट्टा गरेपछि १,४२०.२० युरो बाँकी रहेको थियो। कुल नेपाली रुपैयाँ २,४३,८०९।५७ प्राप्त भएको र सो रकम दुवै जनालाई बराबर बाँडिएको थियो । प्रत्येकले नेपाली रुपैयाँ १,२१,९०४.७९ प्राप्त गरेका छन् ।
समुदायका सदस्य तथा शुभचिन्तकहरूको उपस्थितिमा आयोजित समारोहमा बेलडाँगी शिविरका सचिव सञ्चहाङ सुब्बाले सो आर्थिक सहायता हस्तान्तरण गर्नुभयो । शिविरका पूर्व सचिव तथा शिविर नेता डिबी सुब्बा र शिविरका अधिकारी कविराज मोङ्गरले तामाङ र राईलाई खदा ओढाएर स्वागत गरेका थिए । तामाङ १७ फेब्रुअरी २००८ र राई १८ फेब्रुअरी २००८ मा भुटानमा गिरफ्तार गरिएका थिए । भुटानमा १८ वर्षभन्दा बढी जेल जीवन बिताएपछि १ जुन २०२६ मा रिहा नहुञ्जेलसम्म दुवै जनालाई चामगाङ केन्द्रीय कारागारमा राखिएको थियो । रिहाइपछि दुवै जना अत्यन्तै सीमित स्रोतसाधनका साथ बेलडाँगी फर्किएका छन् र अब उनीहरूका अगाडि जीवन पुनर्निर्माण गर्ने कठिन चुनौती छ । यो आर्थिक सहायताले उनीहरूलाई शिविरमा पुनः स्थापित हुँदै गर्दा तत्कालका आवश्यकताहरू पूरा गर्न मद्दत पुर्याउनेछ। GCRPPB क्याम्प संयोजक तथा पूर्व राजनीतिक बन्दी दिलकुमार राईले ३३ जना दाताहरू र कोष सङ्कलन अभियान तथा यसको सफल हस्तान्तरणमा योगदान पुर्याउने सबैलाई धन्यवाद दिए । तामाङ र राईले पनि दाता तथा समर्थकहरूलाई धन्यवाद दिए । लगभग दुई दशकको हिरासतपछि सामुदायिक जीवनमा फर्किएका दुई पूर्व राजनीतिक बन्दीहरूका लागि यो हस्तान्तरणले एक महत्त्वपूर्ण नयाँ सुरुवातको सङ्केत गरेको छ। भूटानी राजनीतिक बन्दीहरूको रिहाइका लागि अभियान चलाउन सन् २०१९ मा गठन भएको GCRPPB ले अझै पनि जेलमा रहेकाहरूलाई सुरक्षित र छिटो रिहाइका लागि निरन्तर आवाज उठाउँदै आएको छ ।
-राम कार्की
धरानकाे १९ औ नगरसभाद्वारा २०८३/०८४ को लागि २ अर्ब ७६ करोडको बजेट पारित
हार्ट एफ एम 87.6 मेघाहर्ज धरान धरान उपमहानगरपालिकाको १९ औ नगरसभाद्वारा २ अर्ब ७६ करोड १९ लाख २७ हजार रुपैयाँको बजेट पारित गरेको छ । कानुनतह असार १०
पत्रकार किशोर श्रेष्ठलाई सोमबार सर्वोच्च अदालत उपस्थित गराउन आदेश
हार्ट एफ एम 87.6 मेघाहर्ज धरान पत्रकार किशोर श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन सर्वोच्चले आदेश दिएको छ ।
धरान नगरपालिकाका प्रशासकीय अधिकृतसहित नौ जनाविरुद्ध ३६ लाखको भ्रष्टाचार मुद्दा
हार्ट एफ एम 87.6 मेघाहर्ज धरान सुनसरीको धरान-१४, स्थित नरसिंह भगवान् मन्दिरको सार्वजनिक जग्गा गैरकानूनी रूपमा व्यक्तिको नाममा दर्ता गरी
प्रतिकृया दिनुहोस