धरानकाे १९ औ नगरसभाद्वारा २०८३/०८४ को लागि २ अर्ब ७६ करोडको बजेट पारित 

हार्ट एफ एम 87.6 मेघाहर्ज धरान 
धरान उपमहानगरपालिकाको १९ औ नगरसभाद्वारा २ अर्ब ७६ करोड १९ लाख २७ हजार रुपैयाँको बजेट पारित गरेको छ । कानुनतह असार १० गतेभित्र नगरसभा सम्पन्न हुनुपर्नेमा अन्ततः श्रावण २८ गते बसेर बजेट परित गरेको हो । उक्त बजेट अङ्क गत आर्थिक वर्ष ०८२/८३ को भन्दा ५१ करोड ११ लाख ४४ हजार बढी छ । बजेट निमार्णको क्रममा कार्यवाहक नगर प्रभुख, वडा अध्यक्ष र कार्यपालिका सदस्यबीचमा विवाद भएपछि नगरसभा स्थगित भएको थियो ।

आगामी आर्थिक बर्ष २०८३/०८४ को बजेटले धरानको सडक तथा भौतिक पूर्वाधार, दीर्घकालीन खानेपानी समस्या समाधान, शिक्षा, स्वास्थ्य, पर्याटन, कृषि, रोजगारी साथै विपद व्यावस्थापनलाई प्राथमिकतामा राखेको छ । वडागत १ देखि २० वडाको प्रशासनिक, कार्यक्रम तथा पुँजीगत शीर्षक सिलिङ मार्फत २८ करोड ७० लाख ९४ हजार राखिएको छ । 

यसबर्ष भौतिक पूर्वाधार विकासमा बजेटको ठूलो हिस्सा ९९ करोड ५० लाख विनियोजन गरिएको छ । खानेपानीको लागि आगामी आर्थिक बर्षको लागि ३ करोड ११ लाख रुपैयाँ रकम छुट्याएको छ । यो संघ सरकारको  करिब ६ अर्ब रुपयाँ लगानी रहेका आयोजनमा स्थानिय सरकारको दायित्व सहभागीताको लागि रकम विनियोजन गरिएको जनाएको छ । शिक्षा, युवा तथा खेलकुदतर्फ ४९ करोड ८६ लाख ८२ हजार रुपयाँ विनियोजन गरेको छ । स्वास्थ्यतर्फ १२ करोड ४५ लाख रुपैयाँ विनियोजन गरिएको छ । आर्थिक विकासतर्फ संकटग्रस्त सहकारी व्यवस्थापनका लागि ५ करोड रुपयाँ छुट्याइएको छ ।  

आगामी आर्थिक बर्षको लागि धरानले आन्तरिक राजस्वबाट १ अर्ब ४० करोड ९४ लाख ८८ हजार आम्दानी गर्ने महत्काक्षी अनुमान गरेको छ । गत बर्ष आन्तरिक तर्फ ४१ करोड ९८ लाख ६४ हजारमात्र आम्दानी गरेको थियो । हालको राजस्वाको प्राप्तिका लागि करका दायरा विस्तार देखि नदीजन्य पदार्थको विक्री तथा निकासी कर, राजस्व चुहावट नियन्त्रण, व्यवसाय तथा  प्रभावकारी कर प्रशासन मार्फत लक्ष्यमा पुग्ने जनाएको छ । बिगतमा झै संघीय सरकारको अनुदानबाट ८६ करोड १९ लाख ४८ हजार, राजस्व बाँडफाँटबाट ३२ करोड ८८ लाख ९१ हजार, सडक बोर्ड नेपालबाट १ करोड र गतबर्षको मौज्दात ७ करोड प्राप्त हुने अनुमान गरेको छ । यसवर्षको बजेटले सडक तथा भौतिक पूर्वाधार, दीर्घकालीन खानेपानी समस्या समाधान, शिक्षा, स्वास्थ्य, पर्याटन, कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको छ । 

प्रतिकृया दिनुहोस

भर्खरै रिहा भएका दुई भूटानी राजनीतिक बन्दीलाई आर्थिक सहयोग हस्तान्तरण

हार्ट एफ एम 87.6 मेघाहर्ज धरान             भूटानमा राजनीतिक बन्दीहरूको रिहाइका लागि विश्वव्यापी अभियान (जीसीआरपीपीबी) को कोष सङ्कलन अभियानमार्फत

पत्रकार किशोर श्रेष्ठलाई सोमबार सर्वोच्च अदालत उपस्थित गराउन आदेश

हार्ट एफ एम 87.6 मेघाहर्ज धरान                         पत्रकार किशोर श्रेष्ठलाई सोमबार अदालतमा  उपस्थित गराउन सर्वोच्चले  आदेश दिएको छ ।

धरान नगरपालिकाका प्रशासकीय अधिकृतसहित नौ जनाविरुद्ध ३६ लाखको भ्रष्टाचार मुद्दा

हार्ट एफ एम 87.6 मेघाहर्ज धरान        सुनसरीको धरान-१४, स्थित नरसिंह भगवान् मन्दिरको सार्वजनिक जग्गा गैरकानूनी रूपमा व्यक्तिको नाममा दर्ता गरी