धरानमै पहिलोपटक हिबिसकस स्कुलमा +२ मै कानुन बिषय

हार्ट एफ एम 87.6 मेघाहर्ज धरान 
                      धरानमै पहिलो पटक +२ लेवल मै कानुन बिषयमा पढाई हुने भएकोछ । धरान १५ स्थित  हिबिकस बोर्डिङ्ग  स्कुलमा यस बर्ष देखी कानुन संकायमा पढाई हुने आईतवार स्कुलमा पत्रकार सम्मेलन मार्फत जानकारी गराइएकोछ ।   शैक्षिक क्षेत्रमा नयाँ आयाम थप्ने उद्धेश्यले नया शैक्षिक सत्रबाट  कानुन संकाय  पढाइ हुन लागेको  स्कुलका प्रबन्ध निर्देशक गंगा राम  राईले  बताउनु भयो ।  नया शैक्षिक सत्र २०७९/८० बाट दैनिक जिवनमा आवश्यक पर्ने र समाजका लागि अपरिहार्य रुप कानून विषयको अध्ययन/अध्यापन कक्षा ११/१२ मा गराउने उद्देश्यले कक्षा सञ्चालन गर्न लागिएको उहाले बताउनु भयो । कक्षा ११ र १२ मा कानुन विषय धरानकै पहिलो भएको र सम्पूर्ण तयारी पनि पुरा भएको स्कुलका भाईस प्रिन्सिपल  बिजय सिंह   थेबेले जानकारी दिनुभयो ।  

            मुलुकमा कानूनी जनशक्तिको बढ्दो माग रहेको, रोजगारका लागि अवसर प्राप्त गर्न सदावहार जनशक्ति खपत, संविधान र कानूनको शान कानूनी विद्यार्थीहरुलाई समाजमा हेर्न दृष्टि भिन्नता, कानूनी शिक्षणको बढ्दो आकर्षण र लोकप्रियता लगायत समग्र समाज अध्ययन गर्ने रुपमा यो शिक्षालाई लिने गरिएकोले समाजमा कानुनी शिक्षा  अपरिहार्य रहेकोले सबै विद्यार्थी बर्गको मध्यनजर गर्दै  समग्र समाज विकासका लागि हामी यो शिक्षा उपयोगी हुन्छ भन्ने विश्वासका  हिबिकसले  कानून अध्ययन/अध्यापन गर्न लागेको  हो  +२ ईन्चार्ज  बिकास शाहले बताउनु भयो  । समाजरूपी ऐनाको रुपमा रहेको कानून विषयको क्षेत्रमा विद्यार्थि र  अभिभावकको रुची बढ्ने  विश्वास व्यक्त गर्नुभयो ।   कानूनमा कक्षा ११/१२ को अध्यन  न्याय सेवामा सुब्वा, लेखापढी व्यवसाय सञ्चालन र बिए. एल. एल. बि. तथा उच्चा शिक्षा -रेसकेपछि कानूनसंग सम्बन्धीत फाँटना लोकसेवा आयोग नार्फत रोजगारका अवसर साथइ  सर्वोच अदालतका न्यायधीशका सुनौलो अवसर प्राप्त गर्ने सक्ने स्कुल प्रशासनले विश्वाश लिएकोछ ।

प्रतिकृया दिनुहोस

भर्खरै रिहा भएका दुई भूटानी राजनीतिक बन्दीलाई आर्थिक सहयोग हस्तान्तरण

हार्ट एफ एम 87.6 मेघाहर्ज धरान             भूटानमा राजनीतिक बन्दीहरूको रिहाइका लागि विश्वव्यापी अभियान (जीसीआरपीपीबी) को कोष सङ्कलन अभियानमार्फत

धरानकाे १९ औ नगरसभाद्वारा २०८३/०८४ को लागि २ अर्ब ७६ करोडको बजेट पारित 

हार्ट एफ एम 87.6 मेघाहर्ज धरान  धरान उपमहानगरपालिकाको १९ औ नगरसभाद्वारा २ अर्ब ७६ करोड १९ लाख २७ हजार रुपैयाँको बजेट पारित गरेको छ । कानुनतह असार १०

पत्रकार किशोर श्रेष्ठलाई सोमबार सर्वोच्च अदालत उपस्थित गराउन आदेश

हार्ट एफ एम 87.6 मेघाहर्ज धरान                         पत्रकार किशोर श्रेष्ठलाई सोमबार अदालतमा  उपस्थित गराउन सर्वोच्चले  आदेश दिएको छ ।